आयोगले असारदेखि मतदाता नामावली सङ्कलन गर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आयोगले असारदेखि मतदाता नामावली सङ्कलन गर्ने


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले सङ्घ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली सङ्कलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको हो ।

मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए ।

०७४ मा पनि स्थानीयको निर्वाचन भएपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन गरिएको थियो  ।

निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि नै नामावली सङ्कलन गर्न लागेको हो ।

आयोगले कात्तिक अन्तिमदेखि मङ्सिर पहिलो साता निर्वाचन घोषणा गर्नुपर्ने सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मङ्सिर २२ सम्म मात्रै हुने आयोगको ठहर छ । प्रतिनिधिसभाको निर्वाचन ०७४ मङ्सिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

आयोगले मत परिणाम आएको दिनदेखि ५ वर्षे कार्यकाल सुरु भएको मानेर यसअघि वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस