किभमा लामो दूरीका हतियार नपठाउन युरोपेली मुलुकलाई रुसको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किभमा लामो दूरीका हतियार नपठाउन युरोपेली मुलुकलाई रुसको चेतावनी


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । रुसले पश्चिमा देशले युक्रेनको राजधानी किभमा लामो दूरीका हतियार पठाए आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएको छ।

पहिलो हवाई हमलामा आइतबार किभका केही भागमा विस्फोट हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो चेतावनी दिएका हुन्।

रुसले युरोपेली देशबाट आपूर्ति गरिएका ट्याङ्कमा आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ। ​तर युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ।

अर्को घटनामा, एक रुसी जनरल डोनबास क्षेत्रमा लडाइँमा मारिएको पनि सञ्चारमाध्यमले जनाएका छन्। रुसले मार्चको अन्त्यमा कीभ क्षेत्रबाट फिर्तापछि डोनबासमा आफ्नो सैन्य प्रयास पुनः केन्द्रित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस