प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची !


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस