सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु


२२ जेष्ठ २०७९, आइतबार


सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा करेन्ट लागेर एक महिलाको आज मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–४ कठौनामा करेन्ट लागेर स्थानीय ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस