२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशको नीति तथा कार्यक्रम : कक्षा १२ का छात्रालाई ल्यापटप (पूर्ण पाठसहित)

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ ।

प्रदेश सभा सचिवालयमा आज (आइतबार) प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् ।

वितरण गरिने ल्यापटपको सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्राका लागि साइकल वितरण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । बरु आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम भने सिधै विद्यालयमा पठाउने नीति लिएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफैँ खरिद गरेर विद्यालयलाई साइकल उपलब्ध गराउँदै आएको थियो ।

गत असोजमा साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ । यो मुद्दाको किनारा नलागेपछि प्रदेश सरकारले साइकल खरिदका लागि सम्बन्धित विद्यालयलाई नै रकम उपलब्ध गराउने भएको हो ।

नीति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरीय बनाउन योगदान दिने २४ जना शिक्षकलाई प्रत्येक वर्ष मधेश शिक्षा पुरस्कारबाट सम्मान गर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा टोल क्लिनिक सेवा सञ्चालन गरी स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने, धनुषाको नगराइनमा शहीद दुर्गानन्द झाको नामबाट बाल अस्पताल स्थापना गर्ने, प्रदेश मुद्रण सञ्चालन गर्नेजस्ता विषय समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस