पार्टीको निर्णय मान्छु, सरकारबाट फर्किन्छु : प्रेम आले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पार्टीको निर्णय मान्छु, सरकारबाट फर्किन्छु : प्रेम आले


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् ।

मन्त्री आलेले भने, ‘अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन । तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो ।’

पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

फिर्ता बोलाएपछि नयाँलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस