लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम दुई दिन पर धकेलियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम दुई दिन पर धकेलियो


२२ जेष्ठ २०७९, आइतबार


बुटवल । लुम्बिनी प्रदेशमा भोलि (सोमबार) आउने भनिएको नीति तथा कार्यक्रम दुई दिन पर धकेलिएको छ ।

सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई दिन पर धकेलिएको छ ।

१० औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले विज्ञप्ति जारी गर्दै २३ गते दिनको १ बजे बस्ने गरी निर्धारित दसौँ अधिवेशनको छैठौं बैठक विशेष कारणवश स्थगित भएको जनाएको हो ।

सचिवालयका सचिव दुर्लभकुमार पुनले सभामुखको निर्देशानुसार जेठ २५ गते बुधबार १ बजे बैठक बस्ने गरी तय भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस