माओवादीमा पदाधिकारी टुङ्गो लगाउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीमा पदाधिकारी टुङ्गो लगाउने तयारी


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)मा आउँदो असार १५ गते पदाधिकारीको टुङ्गो लगाइने भएको छ । त्यसका निम्ति असार १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

गएको मङ्सिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो । सो अधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कमिटी मात्र घोषणा गरिएको थियो ।

उपाध्यक्षसहित अरू पदाधिकारीको चयन भएको छैन । पदाधिकारी चयन नहुँदा माओवादी केन्द्रको आलोचना समेत हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस