उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण


२२ जेष्ठ २०७९, आइतबार


सियोल । प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतबार जापान सागरतर्फ कम्तीमा दुई स्थानबाट थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको जनाएको थियो ।

यसैबीच दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको घोषणा गरेको छ ।

योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै प्योङयाङले आइतबार कम्तीमा दुई स्थानबाट आठ छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस