रगतको मूल्य बढ्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रगतको मूल्य बढ्यो


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले रगतको मूल्य बढाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निःशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् ।

समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।

प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस