माओवादी पूर्व स्थायी समिति बैठक : रकम सङ्कलनदेखि विवाद सम्म, यस्ता छन् आजका निर्णयहरू ! « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादी पूर्व स्थायी समिति बैठक : रकम सङ्कलनदेखि विवाद सम्म, यस्ता छन् आजका निर्णयहरू !


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम सङ्कलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरूबाट आर्थिक सङ्कलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले सङ्कलन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको समेत गजुरेलले जानकारी दिए ।

लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रूपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ । यसै सन्दर्भमा शनिबार अखिल क्रान्तिकारीका नेताहरूले खुलमटारमा गएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस