काठमाडौँ महानगरको अनुरोध : शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले सम्पर्क गर्नुपर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरको अनुरोध : शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले सम्पर्क गर्नुपर्ने


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । महानगरपालिकाले होटेल, रेष्टुरेन्ट, बैङ्क लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटेल लगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो।

उक्त निर्णय कार्यान्वयनमा लैजान खोजिएको छ।

आज सूचना निकालेर महानगरले होटेल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी सङ्घसंस्था लगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ।

इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशासन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

यस्तो छ सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस