सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस