१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सचिव भीम उपाध्यायलाई सचिव बुर्लाकोटीले भने – ‘सर्पको खुट्टा सर्पले देख्छ…’

अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले पूर्व सचिव भीम उपाध्यायलाई सरकारी निकाय विरुद्ध अनर्गल प्रचार गरेर सफल होइन्छ भन्ने भ्रममा नपर्न भनेका छन् । दुई दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा भएको फोटोको विषयलाई लिएर पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा गरेको पोष्टबारे जवाफ फर्काउँदै सचिव बुर्लाकोटीले फेसबुकमा नै जवाफसहित थप चुनौतीसमेत दिएका छन् ।

पूर्व सचिव उपाध्यायले ‘सरकारी कार्यालयमा अहिले ९ महिना पछि पनि यस्तो छ प्रमको नाम’ भन्दै सचिवमा महेश्वर न्यौपाने र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेको स्किनसट फेसबुकमा सेयर गरेका थिए । त्यसको भोलिपल्ट सचिव बुर्लाकोटीले कतिपय सरकारी निकायको अर्काईभ साइट भएको बताउँदै जुन प्रयोगमा नभएको र त्यसलाई अपडेट नगरिने तथा नहटाइने जवाफ फर्काएका हुन् । ‘कतिपय सरकारी निकायको अर्काईभ साइट छ जुन प्रयोगमा छैन, त्यसलाई अपडेट गरिन्न र हटाइन्न पनि’ सचिव बुर्लाकोटीले लेखेका छन् ।

आफूले अग्रजलाई सम्मान गर्ने तर सरकारकै मानो खाएर सरकारलाई गाली गर्नेलाई जवाफ दिन उचित ठान्ने भन्दै सचिव बुर्लाकोटीले पूर्वसचिव उपाध्यायलाई थप चुनौतीसमेत दिएका छन् । ‘गोरु बुढो भएपछि भिर खोज्छ मानिस बुढो भएपछि निहुँ’ भन्दै सम्मानित शब्दबाट सुरु गरेका बुर्लाकोटीले पदमा रहँदा आफ्नो कार्यकालमा भएका १० वटा उल्लेखनीय काम जम्मा गर्न भन्दै दिँदै सहयोगीसहित लाइभ कार्यक्रममा बस्न उपाध्यायलाई चुनौती दिएका हुन् ।

‘मैले हिम्मतसाथ भन्छु यहाँ पदमा रहँदा गर्नु भएको १० उल्लेखनीय काम जम्मा गर्नुस् अनि यहाँको त्यतिखेरका सहयोगी साथीहरूसहित लाइभ कार्यक्रममा बसौँ अनि अरूलाई मूल्याङ्कन गर्न दिऔँ’ बुर्लाकोटीले उपाध्यायलाई लेखेका छन् ‘अहिले पीपीएमओले प्रयोग गरिरहेको साइट कुन हो त्यो पनि हेर्नुस् । आफूलाई आदर्श छु भन्नु भन्दा पहिला प्रमाणित गर्नुस् । म पनि तपाईंकै जातको सर्प हुँ, यहाँलाई याद होला सर्पको खुट्टा सर्पले देख्छ’

यसअघि २०७६ चैत्रमा तत्कालिन स्वास्थ्य सचिव यावद कोइरालाको विषयमा पूर्वसचिव उपाध्यायले लेखेको कमेन्टले केही दिन निजामतीमा तरंग छाएको थियो ।

सम्बन्धित समाचार : पूर्वसचिव उपाध्यायलाई स्वास्थ्य सचिव कोइरालाको चेतावनी

प्रतिक्रिया दिनुहोस