२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडी प्रशासनले राति पनि सेवा दिने

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।

पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको भारतीको भनाइ छ । उनले भने, “टाढा टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ ।”

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भीड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सूचना अधिकारी भारतीले भने, “सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किउन् भन्ने हाम्रो उद्देश्य हो । जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौँ । कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ ।”

जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भीड बढ्दै गएको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । पुरानो नागरिकता भएमा राष्ट्रिय परिचयपत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्लाका सबै वडामा हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम भइरहेको छ । हाल दैनिक नयाँ नागरिकता र प्रतिलिपि गरेर १५० सेवाग्राही प्रशासन कार्यालय आउने गरेका छन् ।

सरकारले दुई दिन बिदा दिने गरेको तथा हप्तामा पाँच दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढ्दै गएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस