राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरीको हदम्यादसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरीको हदम्यादसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सङ्घीय संसद्‍को राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठकले सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ ।

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे ।

राष्ट्रिय सभा सदस्य कमला पन्तको उक्त सङ्कल्प प्रस्तावलाई विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थकको रुपमा दर्ता गराएका थिए । जुन सङ्कल्प प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

‘माननीय कमला पन्त प्रस्तावक र माननीय विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गर्नुभएको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु । माननीय सदस्यहरु सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देश गर्दछ,’ अध्यक्ष तिमिल्सिनाले भनेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस