पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

आज (शुक्रबार) हाम्रो टिम नेपाल अभियानले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ ।

उनीहरूले पुरुष अधिकार सुनिश्चित गर, महिला अधिकारको दुरुपयोग नगर, आरोप लगाउँदैमा दोषी करार बन्द गर, न्यायलाई पैसाको तराजुमा जोख्न पाइँदैन, समानतामूलक न्याय कायम गर भन्दै नारा लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस