साउदी सरकारले तोकेअनुसार नै हज यात्राको शुल्क तोकिएको हो : हज समिति « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

साउदी सरकारले तोकेअनुसार नै हज यात्राको शुल्क तोकिएको हो : हज समिति


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । साउदी अरब सरकारले निर्धारण गरेअनुसार नै हज यात्राको शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरेअनुसार नै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको बताएका हुन् ।

उनले आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णयअनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे ।

शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा र्भरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिएका हुन् ।

साउदी अरब सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोहीअनुसार अघि बढ्दा हज यात्राका लागि शुल्क बढेको उनको भनाई थियो ।

अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गतेभित्र मक्का पुर्‍याइसक्ने गरी आवश्यक तयारी भइरहेको पनि बताए ।

समितिले छनौट भएका हज यात्रीहरुलाई तोकिएको शुल्क यही जेठ २३ गतेभित्र जम्मा गरी सक्न पनि सचेत गराएको छ ।

समितिका अध्यक्ष मियाँले त्यसका लागि जेठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि मियाँले बताए ।

सरकारले यस वर्ष हज यात्राका लागि ४ लाख ६३ हजार ३ सय ९३ रुपैयाँ शुल्क रकम तोकेको छ ।

आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्बीलाई हज यात्रा गर्न कठिनाइ हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भइरहेको समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस