२१ सयमुनि झर्‍यो नेप्से ,सबै सूचक घटे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२१ सयमुनि झर्‍यो नेप्से ,सबै सूचक घटे


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ । शुक्रबार परिसूचक ३३.७६ अङ्क घटेसँगै २०७८ अङ्कमा कायम भएको छ ।

१ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । यस दिन सबै उपसमूह घटेका छन् ।

बैङ्किङ २४, विकास बैङ्क ५६, फाइनान्स २१, होटल तथा पर्यटन २३, जलविद्युत् ३१, जीवन बीमा २३६, उत्पादन ८८, लघुवित्त ६२, निर्जीवन बीमा १६७, अन्य १२ र व्यापार उपसमूह ४४ अङ्कले घटे ।

दुई कम्पनी उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । किसान लघुवित्तको मूल्य ८.९ प्रतिशत घट्यो ।

रकमका आधारमा धेरै कारोबार भएका कम्पनीहरुमा एनआईसी एसिया बैङ्क, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, अपी पावर र नबिल बैङ्क क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस