अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु


२० जेष्ठ २०७९, शुक्रबार


वासिङ्टन । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्विटमा उल्लेख गरेअनुसार चर्चको

पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए ।

शेरिफको कार्यालयले बताएअनुसार त्यहाँ तीन जनाको मृत्यु भएको छ, ती मध्ये एक जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि हो ।

एम्स स्टोरी काउन्टीको सहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस