आइतबार चोरमारामा सडक अवरुद्ध हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आइतबार चोरमारामा सडक अवरुद्ध हुने


२० जेष्ठ २०७९, शुक्रबार


नवलपुर । यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ ।

सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मत सम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताए ।

उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ । विस्तारका क्रममा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पुराना फलामे पुल पुराना भएकाले मर्मत गर्दै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

राजमार्ग विस्तारसँगै पुराना फलामका पुल विस्थापित गरी नयाँ पक्की पुल बनाउनका लागि संरचना निर्माणको कामसमेत भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस