डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ।

गए राति भएको आगलागीबाट प्रशासनिक भवनमा रहेका सोफा र किताबलगायत सामग्री जलेको छ।

आगो कसले लगाएको भन्ने खुलेको छैन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले आगलागीबाट सोफालगायत जलेको बताए। ‘महत्त्वपूर्ण कागजात जलेका छैनन्,’ उनले भने।

उनकाअनुसार बाहिरबाट कसैले आगो लगाएकोजस्तो देखिन्छ। ‘सूचनापाटी रहेको ठाउँमा पनि अलिकति आगलागी भएको छ,’ उनले भने, ‘बिजुली सर्ट भएर आगो लागेको होइन, कसैले लगाएकोजस्तो देखिन्छ।’

कार्यालय रेखदेखमा रहेका कर्मचारीले आगो निभाएका कारण थप क्षति हुन नपाएको उनले बताए। ‘भवन नजिकै बस्ने कर्मचारीले थाहा पाएपछि आज बिहान करिब ४ बजेतिर आगो निभाएछन्,’ उनले भने।

घटनास्थलमा प्रहरी पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस