युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले देशको २० प्रतिशत भू-भाग आफ्नो कब्जामा लिएको बताएका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन पूरा हुन लागेको बेला लक्जेम्बर्गमा सांसदहरूलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै उनले दुई देशबीचको फ्रन्टलाइन एक हजार किलोमिटरसम्म फैलिएको बताए । साथै रुसको लडाई-तयार सेना सीमा क्षेत्रमा तैनाथ रहेको पनि उनले जानकारी दिए ।

अर्कोतर्फ, रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ। बेलायती रक्षा अधिकारीहरूले रुसले सहरको अधिकांश भाग कब्जा गरेको बताएका छन्।

सेभेरोडोनेत्स्क युक्रेनी नियन्त्रणमा रहेको सबैभन्दा पूर्वी सहर हो । यसका गभर्नर सेर्ही हाइडाइले भने, ‘रसियाले सहरको सुरक्षालाई चारैतिरबाट तोड्न खोजिरहेको छ।’ यद्यपि उनले युक्रेनी सैनिकहरूले जवाफी कारबाही गरिरहेको र शत्रुलाई पछाडि धकेलिरहेको बताए। उनले सहरका सडकमा चर्को लडाइँका कारण मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम ‘अत्यन्तै खतरनाक’ बन्दै गएको बताए ।

बिहीबार एक भिडियो ठेगानामा, जेलेन्स्कीले डोनबासको स्थिति धेरै परिवर्तन भएको नभएको तर युक्रेनी सेनाले सेभेरोडनेस्कको युद्धमा ‘केही सफलता’ पाएको जिकिर गरे । लगभग १५ हजार नागरिकहरू सहरमा फसेको पनि उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस