प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने तयारीमा एमाले  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने तयारीमा एमाले 


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए । 

यसैबिच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

यसैबिच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस