मौसम विभागले सहजीकरण गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मौसम विभागले सहजीकरण गर्ने


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्विकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ ।

प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो ।

यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम विज्ञान विभागलाई आग्रह गरिएको थियो ।

विभागका सूचना अधिकारी विभूति पोखरेलले प्राधिकरणको आग्रहबमोजिम स्रोतसाधन र जनशक्तिले भ्याएसम्म सहजीकरण गर्न विभाग तयार रहेको बताइन् ।

‘हामी सेवा सहजीकरणकै लागि बसेका हौँ, हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म मौसमी सूचना व्यवस्थापन गर्छौँ हवाई सुरक्षाका लागि हामी पनि उत्तिकै गम्भीर छौँ, प्रविधि र जनशक्तिले भ्याएसम्म मौसमी सूचना दिन प्रतिबद्ध छौँ’, सूचना अधिकारी पोखरेलले भनिन् ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस