राजदूत शंकर शर्मा र भाजपा विदेश विभागका प्रमुख चौथाइवालेबीच भेटवार्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राजदूत शंकर शर्मा र भाजपा विदेश विभागका प्रमुख चौथाइवालेबीच भेटवार्ता


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज (बिहीबार) नयाँ दिल्लीमा भेटवार्ता भएको हो । राजदूत शर्माले चौथाइवालेसँग भेटवार्ता गर्दा खुसी लागेको उल्लेख गर्दै उनी नेपालको नजिकका मित्र र शुभेच्छुक रहेको ट्विटमा उल्लेख गरेका छन् ।

चौथाइवालेले शर्मासँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको र शर्माको कार्यकालमा भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने बताएका छन् ।

नयाँ दिल्लीमा भाजपाको सरकार सन् २०१४ देखि नै छ । चौथाइवालेले नेपाली राजदूतहरूसँग पटक–पटक भेटवार्ता गर्दै आइरहेका छन् । यस्तै, नेपालका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने लगत्तै चौथाइवालेले नेपालको भ्रमण गरेका थिए ।

साथै, देउवाको चैतमा भएको भारत भ्रमणका दौरान नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्नेमा चौथाइवाले पनि थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस