पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोभिड १९ सङ्क्रमित थपिएका छन् ।

दुई हजार ५९५ वटा नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थप ८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ पुगेको छ ।

आज एक लाख ४३ हजार ५८२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस