२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशसभा : निजामती सेवा विधेयकमाथि छलफल

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्ताव गरे ।

विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले केन्द्रको ‘कपिपेस्ट’ मात्र नभई कर्णाली प्रदेशको आवश्यकतानुसार कानून बनाउनुपर्ने बताए । विधेयकले समावेशीताको सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने सुझाव दिँदै उनले भने, ‘कर्णालीको जनसङ्ख्यानुसार निजामती सेवामा प्रतिनिधित्वको सुनिश्चित हुने प्रावधान राखौँ, कर्णालीमा दलितको जनसङ्ख्यानुसार प्रतिनिधित्व न्यून देखिएको छ ।’

प्रदेशसभा सदस्य दल रावलले विधेयकमै निजामती सेवाको विशिष्टीकृत गर्नुपर्ने धारणा राखे । ‘सफ्टवयेर प्रणालीमार्फत निजामती कर्मचारीको सरुवा, बढुवा हुने व्यवस्था गरौँ,’ उनले भने, ‘पहुँचका आधारमा होइन, न्यायोचित हिसाबले कर्मचारीको वृत्तिविकास गर्ने प्रणालीको विकास गर्न सकिन्छ ।’ साथै उनले प्रदेश सचिवहरुको नियुक्ति प्रदेश सरकारले गर्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य देवी ओलीले प्रदेशसभा सचिवालयका कर्मचारीलाई पनि प्रदेश निजामती सेवाअन्तर्गत राख्न सुझाव दिए । छलफलमा प्रदेशसभा सदस्यहरु खड्कबहादुर खत्री, राजु नेपाली, मिनासिं रखालले भाग लिए ।

छलफल समाप्त भएलगत्तै सभामा उठेका जिज्ञासाबारे जवाफ दिँदै कानूनमन्त्री शाहीले सङ्घीय कानूनसँग नबाझिने गरी विधेयक पारित गरिने बताए । निजामती सेवा प्रवेश गर्दा कर्णाली प्रदेशको मात्रै सीमारेखा भने राख्न नसकिने उनले प्रष्ट पारे । छलफल समाप्त भएपछि उक्त विधेयकमाथि ७२ घण्टे समयसीमासहित संशोधनको सूचना जारी भएको छ । प्रदेशसभाको अर्को बैठक जेठ २२ गते आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस