मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले


१८ जेष्ठ २०७९, बुधबार


भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेससहितको गठबन्धन विजयी भएको छ ।

चार वटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए ।

महिला सदस्यतर्फ काँग्रेसका उज्वला थापा श्रेष्ठ, टुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् भने दलित एवं अल्पसङ्ख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी भएका छन् ।

माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी भएको सिलवालले जानकारी दिए । विजयी कार्यपालिका सदस्यलाई निर्वाचित अधिकृत मैयाँ कँडेलले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले शपथ ग्रहण गराए ।

त्यसै गरी चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा काँग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवं अल्पसङ्ख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसङ्ख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली काँग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिए ।

निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराएका थिए ।

त्यसै गरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवं अल्पसङ्ख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित भएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

विजयी सदस्यलाई निर्वाचित अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराएका थिए ।

त्यसैगरि भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सुनिता अवाल ९प्रजापति०, कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति भएका छन् ।

दलित तथा अल्पसङ्ख्यकमा उम्मेदवारी नपरेको बताइएको छ । निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस