२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी

अ+ अ-

कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रेसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा मङ्गलबार हस्ताक्षर गरेका हुन् । प्राज्ञिक तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सहकार्य गरेर जाने गरी दुवै पक्षबीच समझदारी भएको प्रतिष्ठानले जनाएको छ ।

‘फ्याकल्टी’ सदस्यबीच ज्ञान आदान प्रदान, विद्यार्थी मोविलिटी, विभिन्न प्रकाशन, अनुसन्धान सामग्री तथा समाचार आदानप्रदान गर्ने, अनुसन्धान, शिक्षण तथा सङ्काय विकाससँग सम्बन्धित कार्यमा संयुक्त सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै, दुवै पक्षले डिग्री कार्यक्रम विकास तथा विस्तारका लागि साझेदार संस्थासँगको सहकार्यमा संयुक्त अभियान थाल्ने, अन्डरग्याजुएट र ग्र्याजुएट अध्ययनको पूर्ण डिग्री भुक्तानीको लागि अवसर दिने, प्रशासनिक सहयोग र क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन् ।

मूलतः भौतिक, आर्थिक तथा अन्य दायित्वमा दुवै संस्थाबीच कानुनी प्रतिबन्ध नरहने, समझदारी पत्र पाँच वर्षसम्म लागु गर्ने र आवश्यकतामा दुवै पक्षको सहमतिका आधार त्यसलाई थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

जुम्ला प्रतिष्ठान पुगेका मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भाइस प्रेसिडेन्ट मार्गेरेट स्टिलको टोलीका सदस्य मेडिकल एन्थ्रोपोलोजिष्ट प्रोफेसर जिल एलिसन, एमडीजिपी प्रोफेसर डेभिड एलिसनले प्रतिष्ठानको भौतिक संरचना, प्रशासनिक, तथा शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गरेका थिए ।

समझदारी पत्र हस्ताक्षर भएपश्चात् प्रतिष्ठान–क्यानडा सहकार्यका लागि उक्त कार्यक्रमअन्तर्गत अनुसन्धान कार्यक्रममा डा. तुलाकृष्ण गुप्तालाई नियुक्त गरिएको उपकुलपति डा. रावलले बताए ।

प्रतिक्रिया दिनुहोस