हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते


१७ जेष्ठ २०७९, मंगलबार


सिमकोट । हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।

नाम्खा गाउँपालिका-४ याल्वाङमा मङ्गलवार (आज) दिउँसो भालुको आक्रमणमा परेर स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुन् ।

उनी घरबाट घट्ट जाने क्रममा जङ्गलको बाटोमा भालुले आक्रमण गरेको हो । उनको कान र हातमा चोट लागेको छ।

स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई जिल्ला अस्पताल रेफर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस