२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् ।

आगामी आव २०७९-८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाट सुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिँदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे ।

आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकार भएको उनले बताए । तर सरकारले त्यसलाई बिर्सिएर पूर्ण अवधिको सरकारको जस्तै बजेट प्रस्तुत गरेको भन्दै उनले आलोचना गरे ।

वर्तमान सरकार बनेयता प्रतिदिन आर्थिक परिसूचक नकारात्मक बनेको भन्दै उनले आगामी आवमा परिस्थिति अझ जटिल बन्न सक्ने बताए । तर सरकारको बजेट कल्पनामा विचरण गरिएको भन्दै पूर्वअर्थान्त्री पौडेलले भने, ‘साधारण खर्च बढाइएको छ, पुँजीगत खर्च घटाइएको छ, बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको छ ।’

सरकारले वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने घोषणासमेत आधारहीन रहेको उनले बताए । निर्यातबारे यथार्थ मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्दै उनले आयात घटाउँदा उपभोग वा पुँजीगत आयात के घटाउने हो भन्ने बजेटमा स्पष्ट नभएको बताएका छन् ।

बजेटले कृषिलाई आत्मनिर्भर बनाउने राष्ट्रिय सङ्कल्प त्यागेको भन्दै उनले कृषि क्षेत्रको आयात कम हुने नीति नआएको बताए । बजेटका प्राथमिकता र उद्देश्य शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रले प्राथमिकता नपाएको उल्लेख गरे । उद्देश्य र प्राथमिकताबिच सङ्गति नभएको भन्दै बजेट निबन्ध जस्तो मात्र भएको बताए ।

कार्यक्रम र योजना व्यक्ति र समूह विशेषलाई लक्षित गरेर आएको देखिने उनको भनाइ छ । बजेट सुख्खा जमिनको घस्रिन खोजेको चिप्लेकिरो जस्तो मात्र भएको र समृद्धिको राष्ट्रिय सङ्कल्पबाट टाढिएको बताए ।

वित्त क्षमताभन्दा बढी खर्च भएको र स्रोत जुट्ने विश्वसनीय आधार बजेटमा नपाएको उनले बताए । आगामी आवमा विकास खर्चको वाषिर्क अनुमान अनुरूप स्रोत परिचालन हुन नसक्ने उनको दाबी छ । लगानी घटाएर चमत्कारको दाबी गरिएको र काल्पनिक कार्यक्रम आएको भन्दै एमाले सांसद एवं पूर्वअर्थमन्त्री पौडेलले निवन्धरुपी बजेटले डेलिभरी दिन नसक्ने बताए ।

चतरा–सगरमाथा द्रुतमार्ग बनाउने बजेट घोषणालाई काल्पनिक आयोजनाको संज्ञा दिएका पौडेलले चितवन-काठमाडौँ द्रुतमार्ग बनाउनैपर्ने भनेर व्यङ्ग्य गरे ।

समग्रमा बजेटले अर्थतन्त्रलाई अधोगतिमा लैजाने र संकटमा धकेल्ने उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस