आजको मौसम यस्तो छ ! « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आजको मौसम यस्तो छ !


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ। सात वटै प्रदेशका केही स्थानमा आज पनि पानी पर्ने भएको छ ।

प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश-१, मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक दुई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस