बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ’, बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भनेका छन् ।

चुनावमा भोट माग्ने किसिमले सरकारले बजेट ल्याएको, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र बजेट हावादारी रहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस