विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा ३ जनाविरुद्ध आरोप पत्र दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा ३ जनाविरुद्ध आरोप पत्र दायर


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । दैलेखको विद्यालयमा व्यवस्थापन गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ।

आठबिस नगरपालिका–८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिलकुमार शाहीविरूद्ध आरोप पत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार उनीहरूले दैलेखको आठबिस नगरपालिका–८ मा रहेको श्री गणेश आधारभूत विद्यालय विशालामा आइसिटी व्यवस्थापन गर्ने भनेर भ्रष्टाचार गरेको आरोप छ।

गत आर्थिक वर्ष २०७६–७७ मा सामान विद्यालयका लागि सामान खरिद गरेको भन्दै उनीहरूले भुक्तानीको लागि आठबिस नगरपालिका नक्कली बिल पेस गरेको भण्डारीले बताए।

उनीहरूले विद्यालयमा विनियोजन नै नभएको बजेटलाई विभिन्न समयमा आइसिटी व्यवस्थापन गर्न र सोलार खरिद गर्न कोटेसन आह्वान गर्ने काम गरेका थिए। उनीहरूले कोटेसन छनोट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झूटा बिल कागजात तयार गरी भ्रष्टाचार गरेको आरोप छ।

भण्डारीले दैलेख, आठबिस नगरपालिका(८ का कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिस समेत गरेको आयोगका प्रवक्ता भण्डारीले बताए।

आयोगका अनुसार उनीहरूले सरकारी रकम खाने, मास्ने उद्देश्यका साथ ४ लाख ९८ हजार गैर कानुनी लाभ लिन गलत लिखित तयार गर्न खोजेको थिए।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार निवारण ऐन अन्तर्गत आरोप पत्र दायर भएको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस