प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गर्न सिफारिस « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गर्न सिफारिस


१६ जेष्ठ २०७९, सोमबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दाबी गरिएको छ ।

प्रारम्भिक छानबिनपछि कुर्मीलाई निलम्बन गरिएको थियो । एसएसपी कृष्णकुमार महत संयोजकत्वको छानबिन समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाएको थियो ।

प्रहरी निरीक्षक कुर्मीमाथि प्रहरीसहित सरकारी निकायका कर्मचारीहरूलाई धम्क्याएर पैसा असुलेको आरोप लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस