राष्ट्रपतिद्वारा दुःख व्यक्त « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा दुःख व्यक्त


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् ।

साथै, राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएकी छन् ।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको थियो ।

चालक दलका तीन सदस्य र १९ यात्रु लिएर पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस