सुडानमा सङ्कटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुडानमा सङ्कटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह


१६ जेष्ठ २०७९, सोमबार


खर्तोम । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुखले सुडानमा सङ्कटकालको अन्त्यका लागि आग्रह गरेका छन् ।

उनले सुडानमा हाल जारी रहेको सङ्कटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् ।

सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक सङ्कट एकपछि अर्को गरी सङ्कटमा पर्दै गएकाले यसको निकासका लागि आग्रह गरेका हुन् ।

उनले भनेका छन्– सुडानमा पछिल्ला केही दिनहरुमा एकपछि अर्को गरेर राजनीतिक हिंसा भएको छ र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको छ, त्यसैले सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर होइन कि शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्दछ ।

सुडानमा आइतबार मात्र पनि सरकारका विरुद्धमा आन्दोलन भएको र त्यसमा गोली लागेर केही युवाको ज्यान गएको थियो । सो घटनाप्रति पनि उनले दुःख व्यक्त गरेका छन् ।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्– यो हिंसालाई बढावा दिने समय होइन, बरु शान्तिपूर्ण माध्यमबाट समस्याको निकास दिने समय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस