सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो

विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोमबारबाट आवेदन खुला हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस