लाइसेन्सको नयाँ आवेदन आज साँझबाट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लाइसेन्सको नयाँ आवेदन आज साँझबाट


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन प्रणाली आज (सोमबार) साँझदेखि सुरु गरिने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो ।

नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने सूचनामा जनाइएको छ ।

विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस