२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा बजेट : कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म

अ+ अ-

गण्डकी । सरकारले अघि सारेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति जगेर्ना लगायतमा जोड दिइएको छ ।

संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको छ ।

कृषिको उत्पादनलाई जोड दिएको सरकारले गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

सरकारले मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने अर्थमन्त्री शर्माले जानकारी दिए ।

पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने सरकारले जनाएको छ ।

सरकारले मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्ने सडक स्तरोन्नतिका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउने अर्थमन्त्री शर्माले बताए । आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न बाग्लुङको बलेवा विमानस्थलको स्तरोन्नति गर्ने सरकारले जनाएको छ । विमानस्थलको पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

सरकारले दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालनमा ल्याउने जनाएको छ । नवलपरासी पूर्वको देवचुलीमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

सरकारले सडक मानव एवं सडक बालबालिका मुक्त नेपाल अभियानलाई निरन्तरता दिँदै नेपाललाई सडक मानवमुक्त राष्ट्र बनाउने जनाएको छ ।

बालबालिकाको खोजतलास सेवा र बाल हेल्पलाइन सेवा विस्तार गरी विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार, संरक्षण तथा पुनः स्थापना कार्यलाई प्रभावकारी बनाइने अर्थमन्त्री शर्माले बताए । तनहुँको ढकालटारमा बालसुधार गृहको निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए ।

सरकारले चितवन–रामपुर–पोखरा द्रुत मार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अघि बढाउने अर्थमन्त्रीले बताए ।

रणनीतिक महत्त्वका नागढङ्गा, नौबिसे, मुग्लिन खण्ड र मुग्लिन–पोखराको सडक स्तरोन्नति र विस्तारको लागि रु १० अर्ब १४ करोड विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए।

पृथ्वी राजमार्गको दमौली–मादी नदीमा सिग्नेचर पुल निर्माण कार्य सुरु गरिने सरकारले जनाएको छ । पोखरा उपत्यकामा ट्राम यातायात सम्भाव्यता अध्ययन गरिने सरकारको योजना छ ।

गण्डकीको उपल्लो मनाङ, लोमान्थाङमा व्यवस्थित हिमाली सहर विकास गर्न अध्ययन गरिने सरकारको योजना छ । नवलपरासी पूर्वमा सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृतरुपमा सरकारी कार्यालयको भवन निर्माण गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

जलवायु परिवर्तनको कारण हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न मनाङको एक, सङ्खुवासभाको एक र सोलुखुम्बुको दुई हिमतालको पानीको सतह घटाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस