वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ ।

अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ ।

विवाहितको हकमा भने यस्तो सीमा ६ लाख पुगेको छ । त्यसभन्दा माथिको हकमा भने आयकर ऐनले तोके अनुसार नै कर लाग्ने छ ।

अहिले अविवाहित व्यक्तिको हकमा चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्छ । दम्पत्तिको हकमा भने यस्तो करको सीमा ४ लाख ५० हजार रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस