२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढ विमानस्थलबारे सर्वोच्चको मौखिक फैसला संशोधनसहित पूर्णपाठ आउँदै

अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धी हालसम्मका सबै कामकारबाही बदर गर्ने फैसलाको पूर्णपाठमा संशोधन गर्ने भएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,ईश्वर प्रसाद खतिवडा,प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको वृहत् पूर्ण इजलासले निजगढको विकल्प खोज्न फैसला गरेको थियो ।

सर्वोच्चको सो फैसलाको पूर्णपाठ आइसकेको छैन । इजलासमा मौखिक रुपमा पढेर सुनाइएको फैसलाको लिखित नआउँदै चौतर्फी आलोचना र विरोध भएपछि लिखित फैसलामा त्यसलाई संशोधन गर्न लागिएको स्रोतले जनाएको छ । फैसला न्यायाधीश खतिवडाले लेखेका छन् ।

फैसलाको पूर्णपाठ आउँदा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै नपाइने भनेर कतै उल्लेख नभएको एक न्यायाधीशले बताए । त्यसो त वरिष्ठ अधिवक्ता समेत रहेका लोसपाका सांसद लक्ष्मणलाल कर्णले शनिवार प्रतिनिधिसभामा पनि न्यायाधीशहरुसँग आफूले कुरा गर्दा विमानस्थल बनाउन नपाइने भनेर फैसलामा नलेखिएको जानकारी दिएको बताएका थिए ।

वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्टका त्रुटि,रुख काट्न नपाइने लगायतका विभिन्न विषयहरु फैसलामा समावेश भएका छन् । सर्वोच्चको फैसलाका कारण विमानस्थल बन्नबाट रोकियो भन्ने ठाउँ नराख्नेगरि फैसला तयार हुँदै गरेको स्रोतले जनाएको छ । इजलासमा सुनाइएको मौखिक फैसला र अब आउने लिखित पूर्णपाठमा केही संशोधन हुन लागेको हो ।

स्रोतले भन्यो–यसमा धेरैका स्वार्थ छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने तर अदालतका कारण बन्न नसक्ने भनेर आरोप पनि नलाग्नेगरि फैसला लेखिँदै छ । ईश्वर खतिवडा श्रीमानको ‘जुडिसियरी एक्टिभिजम’ यस पटक पनि देख्न पाइएको छ ।

यसअघि पनि पटक पटक ‘न्यायिक सक्रियता’ देखाएको भनेर आलोचित हुँदै आएका न्यायाधीश खतिवडाले २०७८ असार २८ को फैसलामा पनि हुँदै नभएका ‘तथ्य’ र नजिरहरु राखेको भन्दै आलोचना भएको थियो । खतिवडाले लेखेको त्रुटिपूर्ण फैसलाको १० वटा सिरिज नेपाल प्रेसमा तथ्यहरुसहित प्रकाशन भएका थिए ।

सम्बन्धित समाचार : निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश

प्रतिक्रिया दिनुहोस