मोरङको महेशपुरमा पुरुषको शव फेला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मोरङको महेशपुरमा पुरुषको शव फेला


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । मोरङको कटहरिमा पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका-१ महेशपुरमा आइतबार बिहान कटहरी-२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो ।

शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार शवको निधारको भागमा चोट छ । खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस