मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइएको थियो । चौधरीको राति ९ : ४० बजेतिर र धिमालको आइतबार (आज) बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन । बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा रोकेर राखेको ट्याक्टरमा ठक्कर खाएपछि बसमा ठोक्किन पुगेको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस