नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गयो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गयो


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासि भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरू केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अफ्रिकी देश नाइजेरियामा समुदाय-समुदायबीच बेलाबेला आपसी द्वन्द्वका घटना हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस