आज मेघ गर्जन-चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज मेघ गर्जन-चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । देशका तीन प्रदेशमा अहिले बिहान मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार देशको बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। साथै मधेस प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस