८० प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको काठमाडौँमा घर भएको लक्ष्मणलाल कर्णको दाबी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

८० प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको काठमाडौँमा घर भएको लक्ष्मणलाल कर्णको दाबी


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पाँच वर्षको अवधिमा स्थानीय तहमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् ।

उनले पदाधिकारीले गाली मात्र खाएको तर कमाई भने प्रमुख प्रशासकीय अधिकृतले गरिरहेको टिप्पणी गरे ।

शनिवार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौँमा घर बनाइसकेको बताएका छन् ।

‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन गर्‍यौँ, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता कति छ ?’ उनले भने, ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले ज्यादै गाली खाइरहेका छन् । कसले को रहेको छ, त्यहाँका प्रशासकीय प्रमुखहरू । ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौँमा छ हेर्नुस्। नभए त शहर जहाँ छ, त्यहाँ बनाइसके पाँच वर्षमा के गर्‍या छ प्रमुख उपप्रमुखले ?’

स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भर पर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेर मात्र केही गर्न नसक्ने टिप्पणी गरे । ‘यसतर्फ हामीले रिभ्यू गर्नुपर्ने, कसरी सहज बनाउने पद्धति कि उसले(पदाधिकारी) काम गर्न सकोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस