सुक्खा पहिराेले नारायणगढ-मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुक्खा पहिराेले नारायणगढ-मुग्लिन सडक अवरुद्ध


१४ जेष्ठ २०७९, शनिबार


चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस