२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली बाहेक एमालेका सबै नेता/कार्यकर्तासँग मिल्न सकिन्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।

शनिवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो केपी ओलीको अहङ्कार यति धेरै धम्स नहुने हो भने अरू सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’

तर, केपी ओलीकै व्यवहारका कारण सिङ्गो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन्, ‘उहाँ (ओली)ले जस्ता शब्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’

०७४ को प्रदेश र सङ्घीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी एकता, दुई तिहाइ बहुमतको सङ्घीय सरकार, ६ वटा प्रदेश सरकार नेकपाले बनाएको स्मरण गर्दै प्रचण्डले थपे, ‘आज यो परिस्थिति कसले बनायो? यसको जिम्मेवारी लिन को ?’ नेकपामा विवाद भएपछि आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर छाड्दासमेत नेकपा बच्न नसकेको उनले बताए ।

नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भङ्ग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोसिएसनको चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको प्रचण्डले बताए ।

‘म तीन घण्टा सम्बोधन भए पनि ध्यानपूर्वक सुनिरहेको थिएँ कतै रियलाइजेशस आउँछ कि, कतै वामपन्थहरूको एकताको कुरा आउँछ कि’ प्रचण्डले थपे, ‘तर, आएन् । पुर्नसमीक्षा गर्ने कुरामा जानुहुन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो । मेरो दृष्टिमा उहाँ आफ्नो अहङ्कार र दम्भबाट पछाडि हट्नुभएको छैन ।’